तत्काल राजीनामा नदिने प्रचण्डको अडान | Khabarhub Khabarhub

तत्काल राजीनामा नदिने प्रचण्डको अडान


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रक्रियामा जाने तयारी गरेका छन्  ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ती सदस्यको भनाइ छ ।

ती सदस्यले भने, ‘कसैले हतार गर्दैमा सरकार बनिहाल्ने भन्ने हुँदैन सरकार बन्ने पनि प्रक्रिया होला। उहाँहरूको हतारो देख्दा हाँसो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिन पाउनु हुन्छ ।’

कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा दिनु जरुरी नरहेको सचिवालय सदस्यको भनाइ छ । उनले भने, ‘राजीनामा दिएर मार्ग प्रशस्त गर्नु भनेर केही साथीहरुले भनेको सुनेको छु। तर विधि प्रक्रिया र संविधान मिच्नु राम्रो कुरा हैन।’

यता, माओवादी पदाधिकारीले पनि दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै के गर्ने भन्ने प्रक्रिया सुरु हुने बताए । राजीनामा दिनु भनेर कसैले हतार गर्नु जरुरी नरहेको भन्दै ती पदाधिकारीले विधि र प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ४६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका