एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू | Khabarhub Khabarhub

एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ’, ज्ञवालीले अगाडि भने ।

उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए ।

‘कांग्रेस र एमालेबीचमा मात्रै समझदारी भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको थियो । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको हो । सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ०२ बजे

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

नयाँदिल्ली– भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुई वटा छुट्टै

जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक

ढाका– बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता

विपदबाट प्रभावित जनताको जिउधनको रक्षा गर्न सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार