‘कांग्रेस-एमाले समीकरण चरम अवसरवाद, लोकतन्त्रलाई खतरा’ | Khabarhub Khabarhub

‘कांग्रेस-एमाले समीकरण चरम अवसरवाद, लोकतन्त्रलाई खतरा’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् ।

सोमबार मध्यराति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले उक्त प्रतिक्रिया दिएका हुन् ।

वर्तमान सत्तारुढ दल एकीकृत समाजवादी दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेका बेला सत्ता परिवर्तनको खेल भएको छ ।

‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो’, उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो ।’

खतिवडाले कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा अमिल्दो भएको बताए ।

‘कांग्रेस र एमाले मिलेर सत्ता चलाउने नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति खतरा हो’, उनले भने, ‘यसबाट प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : २६ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा