समाचार

आजका समाचार : नेपाली आकाशमा फेरि अर्को दुर्घटना, टुंगोतिर शान्तिप्रक्रिया, भारतसँग फेरि निराश नेपाल

By खबरहब

August 07, 2024

टीआरसीबारे सहमतिसहितको प्रतिवेदन बुझाइयो शीर्ष नेतालाई

संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन बुधबार तीन ठूला दलका शीर्ष नेताहरूलाई बुझाइएको छ । टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले मध्यान्ह मुख्य दलका शीर्ष नेताहरुलाईप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा संयुक्त रुपमा प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेसँगै संसद्को यसै सत्रमा यो विधेयक पास हुने अपेक्षा छ ।

प्रधानमन्त्रीले भने- टीआरसी टुंगो लगाउने सहमति शान्ति प्रक्रियामा कोशेढुंगा

टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम

कार्यदलले सहमति जुटाएको टीआरसी विधेयकको प्रतिवेदनमा के छ ?

कांग्रेसद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय अनुमोदन

कांग्रेसले सरकारलाई सचेत गराउँदै भन्यो- बंगलादेशको असर नेपालमा पनि पर्न सक्छ

उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका मेयर्स फोरमको टोलीले बुधबार भेटेको छ। उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

फोरमका पदाधिकारीसँग सिंहदरबारमा भेटमा क्रममा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भनेर नभई केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’, ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, ससहकार्यबारे छलफल

मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका आवासीय प्रतिनिधिबीच भेट

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

जम्बो मन्त्रिपरिषदको अपजस लिनबाट पन्छिए जनमतका अध्यक्ष राउत

हेलिकप्टर दुर्घटनास्थल सूर्यचौरमा पाइलटसहित पाँचजनाको शव भेटियो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर(७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।

एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

हेलिकप्टर दुर्घटना जाँचबुझका लागि सरकारले बनायो तीन सदस्यीय आयोग

चार चिनियाँ नागरिक बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल

सूर्यचौरको जंगलमा जलिसकेको अवस्थामा भेटियो हेलिकप्टर (तस्बिरहरू)

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै

हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो

काभा महिला भलिबल : उपाधि भिडन्तमा भारतसँग फेरि चुक्यो नेपाल आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो। बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता

२० तस्बिरमा हेर्नुस् नेपाल र भारतबीचको फाइनल भिडन्त

नेपालले अग्रता जोगाउन सकेन, दोस्रो सेट भारतलाई

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस बिहिबार ढाका पुग्ने बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किने भएका छन् ।

बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्कने कार्यक्रम रहेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जानकारी गराएको हो ।

बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड

गाजामा सङ्क्रामक रोगको खतरा : डब्लूएचओ

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता