तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता « Khabarhub

तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपालले भारतरुविद्धको फाइनल भिडन्तमा भारतविरुद्ध २-१ सेटको अग्रता बनाउन सफल भएको छ।

काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको थियो । तर अब नेपालले तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह भएको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जितेको थियो ।

नेपालले तेस्रो सेट आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनाउँदै उपाधि घरमै राख्ने प्रयासलाई बलियो बनाएको हो ।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३३ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको