गाजामा सङ्क्रामक रोगको खतरा : डब्लूएचओ « Khabarhub

गाजामा सङ्क्रामक रोगको खतरा : डब्लूएचओ


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ ।

डब्लुएचओले भीडभाड, उचित बासस्थानको अभाव, दुषित पानी, सरसफाइ र स्वच्छताको न्यूनताको अवस्थाले सङ्क्रामक रोगहरूको खतरा बढाएको चेतावनी दिएको हो ।

डब्ल्यूएचओका अनुसार अत्यधिक भीडभाड र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतिको जोखिम पनि बढिरहेको छ ।

निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको सङ्कुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको छ ।

हाल (डब्लूएचओ) ले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ ।

दश महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ । यहाँ अधिकांश बालबालिका र महिलासहित दशौँ हजार शहीद, घाइते तथा बेपत्ता भएका छन् ।  

युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र इन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिसहरू विस्थापित भए भने  खाद्य संकटका कारण कैयौँ बालबालिकाको ज्यान  गएको छ ।   

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : १० बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको