समाचार

 आजका समाचार : त्रिशुलीमा खसेका ३ जना यात्रुको शव भेटियो, कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

By खबरहब

July 13, 2024

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल

एमाले-कांग्रेस सरकारमा लोसपा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

रास्वपाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ  : डीपी अर्याल

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।

गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो

‘वाटरड्रोन’ मार्फत त्रिशूलीमा बेपत्ताको खोजी जारी

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

सिमलताल दुर्घटना : यात्रुको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी सुरु

कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने मुलुकको संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहको ‘उम्मेदवार परिचयात्मक’ कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले ठमेललाई डिजिटल रुपमा अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी

ललितपुर महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने

कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का भारतमा भएको विधानसभा उपनिर्वाचनमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले शानदार जीत हासिल गरेको छ ।

विभिन्न सात राज्यमा रिक्त भएको सीटमा गत बुधबार उपचुनाव भएको थियो । उपचुनावको मत परिणाम आज सार्वजनिक भएको हो ।

केन्द्रमा प्रतिपक्षी रहेको इन्डिया गठबन्धनले १३ मध्ये १० सिट जितेको छ । सरकार हाँकिरहेको भाजपा नेतृत्वको एनडीए गठबन्धन भने जम्मा दुई सीटमा खुम्चिएको छ । एक सीटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्‌ ।

इन्डिया गठबन्धनको प्रमुख घटक कांग्रेसले चार, तृणमूल कांग्रेसले चार, डीएमके र आम आदमीले एकरएक सीटमा जीत हासिल गरेका हुन्‌ ।

हिमाञ्‍चल प्रदेशको देहरा सीटमा राज्यका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूकी पत्नी एवम्‌ कांग्रेस उम्मेदवार कमलेश ठाकुरले बीजेपीका होशियार सि‌ंहलाई ३२ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छिन् ।

ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

उत्तरी भियतनाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह

चीनद्वारा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु