साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल | Khabarhub Khabarhub

साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मन्त्रिपरिषद्‌मा केही करेक्सन गर्नुपर्ने भएकाले साना दललाई पनि कांग्रेस-एमाले सरकारमा सँगै लग्नुपरेको बताएका छन् । 

उनले राष्ट्रियलाई केही दलको बाहेक सबैको खाँचो भएकाले साना दलालाई पनि साथमा लिएर राष्ट्रिय सहमतिका लागि कांग्रेस एमाले अभिभावक हुनुपर्ने दाबी गरे । 

उनले भने, ‘कसलाई कति मन्त्रालय हुने भन्ने फाइनल भएको छैन । साना दललाई पनि  सँगै लानुपर्ने भएकाले कांग्रेस एमालेको सहमतिमा केही कुरा कम्प्रोमाइज गर्नुपर्ने छ । कांग्रेस एमालेले समान मन्त्रालय लिएर अरूलाई सिट सङ्ख्या अनुसार सहभागी गराउनुपर्ने समझदारी छ ।’ 

उनले शनिबार बेलुका वा आइतबार बिहानसम्ममा एक खालको खाका आउने दाबी गरे ।

उनले अगाडि भने, ‘कुन–कुन दल समावेश हुने त्यो अनुसार छलफल गरेर अगाडि बढ्छौँ । दुई दलले गरेको सहमतिमा केही कुरा सुधार गरेर अन्य दललाई समेट्ने छौँ ।’ 

कांग्रेस एमाले सरकारलाई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले खुलेर साथ दिएका छैनन् । कांग्रेस एमालेले २ सय ७ भन्दा बढी संसद्को समर्थन नयाँ सरकारलाई हुने दाबी गरिरहेको छ । 

पौडेल एमालेबाट अर्थमन्त्री हुने बलियो सम्भावना छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १ : ०४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस