कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड | Khabarhub Khabarhub

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

साथै बैठकले नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : २५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका