समाचार

आजका समाचार : त्रिशूलीमा खसेका यात्रु खोज्न भारतीय टोली परिचालन, बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु

By खबरहब

July 20, 2024

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

आइतबार अपराह्‍न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको छैन । काँग्रेस-एमाले विश्वासको मतमा दुई तिहाइ समर्थन जुटाउने कसरतमा लागिरहेका छन् ।

राप्रपाले बोलायो संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ : मोहन बस्नेत

लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् ।

आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव संकलन गर्दै मन्त्री भण्डारी

कांग्रेस संसदीय दलको बैठक आह्वान

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री

नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो

त्रिशूलीमा खसेका यात्रु खोज्न भारतीय टोली परिचालन नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ ।

भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।

खोजतलासमा परिचालन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो ।

छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए। आज टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए।

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ भारतीय टोली घटनास्थलमा

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा

गाउँभरिको खेतमा सामूहिक रोपाइँ

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु, मारिनेको संख्या ३५ पुग्यो आरक्षण विरोधी आन्दोलन भड्किएर हिंसात्मक बनेपछि बंगलादेशमा देशभर कर्फ्यु लगाइएको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थीहरूको आन्दोलनले हिंसात्मक रूप लिएपछि सरकारले राष्ट्रव्यापी कर्फ्यु को घोषणा गरेको हो ।

शुक्रबार नरसिङ्दी कारागार आक्रमणमा सयौँ कैदी बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले कर्फ्यु घोषणा गरेको हो।

अब शान्ति सुरक्षा कायम गर्न सरकारले सेना परिचालनको तयारी गरेको छ ।

ओसामा बिन लादेनका सहयोगी पक्राउ

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस भेटियो

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने

पाकिस्तानमा आईएसआईलाई फोन कलमा निगरानी गर्न दिने सरकारको निर्णयको विरोध