कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने « Khabarhub

कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारमा भारतीयहरूले युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

 भारतको राष्ट्रिय भुक्तानी प्राधिकरणले कतार नेशनल बैंक (क्यूएनबी) सँग भुक्तानी सहकार्यसम्बन्धी सम्झौता गरेसँगै कतारमा बस्ने भारतीयले यस्तो सुविधा उपभोग गर्न पाउने भएका हुन् ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार क्यूएनबी मध्यपूर्वकै सबैभन्दा ठूलो वित्तीय संस्था हो । यसबाट भारतीयहरूले यूपीआईमार्फत् क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन् ।

कतारमा ठूलो सङ्ख्यामा भारतीयहरूको बसोबास रहिआएको छ । त्यसबाहेक सन् २०२४ मा खाडी मुलुकहरूमा भारतका झण्डै १ करोड पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

यसबाट कतारमा रहेका तथा कतार भ्रमणमा जाने भारतीयहरूका लागि भुक्तानी प्रक्रिया थप सहज हुने प्राधिकरणले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : २७ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै