त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ भारतीय टोली घटनास्थलमा | Khabarhub Khabarhub

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ भारतीय टोली घटनास्थलमा


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गत शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै घटनास्थलमा आइपुगेको छ ।

४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा आएको उक्त टोली राति सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरको स्वागतमा भैरहवामा बसेको थियो । उनीहरु बिहान त्यहाँबाट चितवन आएका हुन् ।

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले उक्त टोलीले आजैबाट खोजीकार्य सुरु गर्ने जानकारी दिए ।

टोलीले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने सन्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको छ ।

सिमलताल दुर्घटनाको आज आठौँ दिन हो । अहिलेसम्म विभिन्न ठाउँबाट २३ वटा शव भेटिएका छन् ।

दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  २ : २७ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना