सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार | Khabarhub Khabarhub

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

मान्म– सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । 

शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो । आज बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । 

जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

‘हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो’, उनले भने यो, ‘जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या भएको छ ।’

वर्षमा चार जनासम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिए ।

‘जिल्लामा हामीलाई सर्पदंश उपचार सेवा दर्ता छैन, अनुमति पनि दिएको छैन, अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौँ’, उनले भने, ‘सबै विषालु सर्पको विषविरुद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामीसँग उपलब्ध छैन ।’

जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकाहरूलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : ४९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले