अर्थसंक्षेपः ‘धामको सर्फ’ले भारतीय उत्पादनलाई च्यालेन्जदेखि ५७ करोडको लिपिस्टिक आयातसम्म

By खबरहब

June 21, 2024

काठमाडौं– महिलाहरुको २५ लाख लगानीमा धार्मको सर्फ उत्पादन गरी उदाहरणीय काम सुरु गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै, आजबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजनामा प्रथम सहकारी रोजगार मेला–२०८१ सुरु भएको छ । बर्खायामको तीन महिना सडक खन्न नदिने सडक विभागले सूचना जारी गरे पनि सेवा प्रदायक निकायहरूले भने धमाधम सडक खन्ने काम गरिरहेका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्यमा सुष्मा शर्मा ९वस्ती० नियुक्त भएकी छन् भने भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै पूँजीबजारमा उल्लेखनीय विदेशी लगानी भित्रिएको छ ।

चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । र, चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५७ करोड २८ लाख ६२ हजार रुपैयाँको महिलाहरूले लगाउने लिपिस्टक आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरुः

महिलाको २५ लाख लगानीमा ‘धामको सर्फ’– भारतीय उत्पादनलाई च्यालेञ्ज !

सहकारी संस्थाहरू विकराल अवस्थामा पुगेको बेलामा अहिले धापासी महिला बहुउद्देश्यीय सहकारी संस्थाले भने उदाहरणीय काम सुरु गरेको छ । काम गर्ने जागरुकता, उत्साह र आपसी सहयोगले गर्दा महिलाहरू एउटा उद्योग नै खडा गर्न सफल भएका छन् । आफैँले लगानी गरी ठूला उद्योग खोल्न नसक्ने र गृहिणी भएका कारण टाढा–टाढा काम गर्न जान सक्ने सम्भावना पनि थिएन । नजिकै केही काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा भने सबैमा थियो । त्यसैलेस सहकारीमा आबद्ध केही महिलाहरू सल्लाह गर्न थाले ।

आफ्नै सहकारी ९धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था० बाट केही गर्न पाए हुन्थ्यो भन्ने राय सबैको आयो । काम गर्ने इच्छा र चाहना हुँदाहुँदै पनि उनीहरूले के गर्ने भन्ने निर्णय लिन सकेका थिएनन् । सबै महिला दिदीबहिनीहरूले केही गर्न उत्सुकता देखाएपछि व्यवसाय गर्ने सोच बन्यो । केही समयको अध्ययन, अन्य संघसंस्थाबाट लिएको सल्लाह र काम गर्ने हुटहुटीले उनीहरूले अन्ततः उद्योग नै खडा गरे ।

सहकारीले बचत भेला पार्ने मात्रै हो, केही गर्दैन भन्ने आरोपलाई चिर्न र आबद्ध महिलाहरूलाई रोजगारीको बाटोमा लैजान वर्षौंदेखि गरेको संघर्ष बल्ल पूरा भएको बताउँछिन् धाम सर्फ उद्योगकी अध्यक्ष रेनुका कोइराला । सहकारीले उद्योग खोल्दा सबै महिलाहरूलाई नै संलग्न गराएको र आफूहरूलाई उद्यम गरेर खाने वातावरण सिर्जना गरेको उनको भनाइ छ । केही सहकारीका कारण सम्पूर्ण सहकारीको नै बदनाम र मानिसहरूमा त्रास फैलिरहेका बेला सबै सहकारी खराब छैनन् भन्ने उदाहरण धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था बनेको उनको दाबी छ ।

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १।८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो ।

त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३।०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १।७२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो । विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एसपीजी ग्यास छन् । ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एसपीजी ग्याँस आयात भएको विभागले जनाएको छ ।

त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैँचा, अलैँची,फलाम तथा स्टिल रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ ।

सुरु भयो प्रथम सहकारी रोजगार मेला

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेका प्रथम सहकारी रोजगार मेला–२०८१ आजबाट सुरु भएको छ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका आजबाट तीन दिनसम्म चल्ने गरी ललितपुरमा सुरु भएको हो । तीन दिने यस मेलामा रोजगारीको खोजीमा रहेका युवालाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ ।

युवा अवसर र रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दै गइरहेको अवस्थामा सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने देखाउन मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरूको भावनाअनुरूप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले एउटै व्यक्ति दुई–तीन वटा सहकारीको सञ्चालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको बताए । अर्थतन्त्रको एक मुख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मेवारी अबदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए ।

सडक विभागको निर्देशन मान्दैनन् सेवा प्रदायक, मनपरी भत्काइँदै सडक

बर्खायामको तीन महिना सडक खन्न नदिने सडक विभागले सूचना जारी गरे पनि सेवा प्रदायक निकायहरूले भने धमाधम सडक खन्ने काम गरिरहेका छन् । खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा विस्तार प्रयोजनका लागि सडक खन्न विभागले रोक लगाएको थियो । तर, सम्बन्धित निकायहरूले भने विभागको सूचना विपरीत सडक खनेर भत्काएका हुन् ।

विभागले गत असार १ मा सूचना जारी गर्दै बर्खायामको तीन महिना सडक खन्न नदिने र कसैले जवजस्ती सडक खनेमा कारबाही समेत गर्ने चेतावनी दिएको थियो । खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा प्रदायक निकायलाई सडक खन्न नदिने सूचना जारी गरेको एक साता नबित्दै ती निकायहरूले अहिले काठमाडौं उपत्यका लगायत देशभर नै सडक खन्ने काम गरिरहेका हुन् ।

अहिले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँहरूमा तार भूमिगत गर्ने काम गरिरहेको छ । दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी संस्थानलगायतका निकायहरूले खानेपानी धारा, पाइप र ढल व्यवस्थापनका लागि सडक खन्ने र मर्मत गर्ने काम निरन्तर गरिरहेकै छन् । सडक विभागको निर्देशन विपरित ती निकायले सडक खन्ने काम गरिरहेका हुन् । तरः विभागले न अनुगमन गरेको छ, न त नियम विपरीत सडक खन्ने निकायलाई कारबाही नै १

त्यतिमात्र होइनस सडक विभागबाट सडक खन्ने स्वीकृति लिएका सेवाप्रदायक निकायले पनि सडक भत्काउने र बिगार्ने गर्दा महानगरबासी र यात्रुलाई दैनिक आवतजावतमै सास्ती हुने गरेको छ ।

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० ९एफएचआइ० का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहेका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षीय भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिए ।

११ महिनामा ५७ करोडको लिपिस्टिक आयात

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५७ करोड २८ लाख ६२ हजार रुपैयाँको महिलाहरूले लगाउने लिपिस्टक आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपालमा ११ अर्बभन्दा बढीको शृङ्गारका सामग्री आयात भएको देखाएको छ । तथ्याङकअनुसार चालु आर्थिक वर्षको जेठसम्ममा ११ अर्ब ७२ करोड ६९ लाख हजार रुपैयाँ बराबरको मेकअपको सामान आयात भएको हो । जसमा आँखाको श्रृङ्गारमा प्रयोग गरिने सामग्री मात्रै २२ करोड ३६ लाख ३४ हजार रुपैयाँको आयात भएको छ ।

यस्तै, नङपालिस ४ करोड ५६ लाख २८ हजार, विवाहित महिलाले प्रयोग गर्ने सिँदुर १ करोड ३६ लाख ५६ हजार र अनुहारमा लगाउने क्रिमहरू मात्रै ९४ करोड ३५ लाख ७८ हजारको आयात भएको तथ्यांकमा उल्लेख छ । यस्तै समीक्षा अवधिमा ८६ करोड ९३ लाख ६३ हजारको स्याम्पु, कपालमा लगाउने कलर ७१ करोड ४२ लाख, कपालमा लगाउने ९हेयर कन्डिसनर० २० करोड ४ लाख ४६ हजारको आयात भएको छ ।

प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्यमा सुष्मा शर्मा (वस्ती) नियुक्त भएकी छन् । शर्मा स्वतन्त्र सञ्चालकको तर्फबाट बोर्डको सदस्यमा नियुक्त भएकी हुन् ।

कम्पनीको सचिव अरबिन्द कुमार कर्णका अनुसार सञ्चालक समितिको बिहीबार अपराह्न ५ः१५ बजे बसेको बैठकले शर्मालाई समितिमा नियुक्ति गर्ने निर्णय गरेको हो । प्रभु इन्स्योरेन्स सन् २००७ अगस्ट ११ गने नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको संस्था हो ।

कम्पनीको १ करोड ४४ लाख १४ हजार ८८१ कित्ता शेयर सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत शेयर प्रवर्धकको छ भने ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । कम्पनीको मार्केट क्यापिटल ११ अर्ब ८ करोड ५० लाख ४३ हजार रुपैयाँ बराबरको हरेको छ ।

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय विदेशी लगानी भित्रिरहेको पाइएको छ । भारतीय आर्थिक अनलाइन समाचार पोर्टल बिजनेस स्ट्याण्डर्डका अनुसार पछिल्ला दुई सातामा मात्रै भारतीय पुँजी बजारमा २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको विदेशी लगानी भित्रिएको छ ।

यसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट लगानी भित्रिएको जनाइएको छ । यसलाई प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै विदेशी लगानीकर्तामाझ भारतमा लगानी गर्न विश्वासको वातावरण बन्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

‘चुनावको स्पष्ट नतिजाको अपेक्षामा धेरै लगानी अड्किरहेको थियो । हामीले पछिल्लो दुई सातामा भारतमा लगानीकर्ताको भिड लागेको पाएका छौँ ।’ एलारा क्यापिटलका सुनिल जैनलाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै अमेरिकाबाट ७० करोड, आयरल्याण्डबाट ४४ करोड र जापानबाट ४३ करोड डलर भारतीय बजारमा भित्रिएको जैनको भनाइ छ ।