सडक विभागको निर्देशन मान्दैनन् सेवा प्रदायक, मनपरी भत्काइँदै सडक « Khabarhub

सडक विभागको निर्देशन मान्दैनन् सेवा प्रदायक, मनपरी भत्काइँदै सडक


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायामको तीन महिना सडक खन्न नदिने सडक विभागले सूचना जारी गरे पनि सेवा प्रदायक निकायहरूले भने धमाधम सडक खन्ने काम गरिरहेका छन्‌ ।

खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा विस्तार प्रयोजनका लागि सडक खन्न विभागले रोक लगाएको थियो । तर, सम्बन्धित निकायहरूले भने विभागको सूचना विपरीत सडक खनेर भत्काएका हुन् ।

विभागले गत असार १ मा सूचना जारी गर्दै बर्खायामको तीन महिना सडक खन्न नदिने र कसैले जवजस्ती सडक खनेमा कारबाही समेत गर्ने चेतावनी दिएको थियो ।

खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा प्रदायक निकायलाई सडक खन्न नदिने सूचना जारी गरेको एक साता नबित्दै ती निकायहरूले अहिले काठमाडौं उपत्यका लगायत देशभर नै सडक खन्ने काम गरिरहेका हुन्‌ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँहरूमा तार भूमिगत गर्ने काम गरिरहेको छ । दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी संस्थानलगायतका निकायहरूले खानेपानी धारा, पाइप र ढल व्यवस्थापनका लागि सडक खन्ने र मर्मत गर्ने काम निरन्तर गरिरहेकै छन् ।

सडक विभागको निर्देशन विपरित ती निकायले सडक खन्ने काम गरिरहेका हुन् । तर: विभागले न अनुगमन गरेको छ, न त नियम विपरीत सडक खन्ने निकायलाई कारबाही नै !

त्यतिमात्र होइन; सडक विभागबाट सडक खन्ने स्वीकृति लिएका सेवाप्रदायक निकायले पनि सडक भत्काउने र बिगार्ने गर्दा महानगरबासी र यात्रुलाई दैनिक आवतजावतमै सास्ती हुने गरेको छ ।

सडक उपयोग गर्ने सम्झौता शर्त पालना नगरेको सडक विभागकै अधिकारी स्वीकार्छन् । नयाँ सडक खन्ने अनुमति अहिले कुनै पनि निकायलाइ नदिइएको सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख ज्ञानेन्द्रकुमार झाले बताए । यसअघि नै अनुमति पाइसकेका निकाय र आयोजनाले सम्झौतासर्तअनुसार काम नगरेको उनको भनाइ छ ।

‘नयाँ सडक खन्न अनुमति हामी दिएका छैनौं, तर, विगतमा स्वीकृति लिइसकेका अवस्थामा सडक प्रयोग गर्न रोक्ने कुरा भएन्’ उनले भने, ‘विगतमा सडक विभागबाट स्वीकृति लिएका आयोजनाले समयभित्रै निर्माण नसक्दा बर्खायाममा समेत सडक खन्ने काम भइरहेको देखिन्छ ।’

विभागबाट स्वीकृत लिएर समयमै निर्माण नसकिएको विषय चुनौतीका रूपमा रहेको उनको भनाइ छ । सडकमा काम गर्ने निकायहरू पनि सम्झौता शर्त इमान्दार रूपमा पालना गर्नुपर्ने झाले बताए ।

यसअघि विभागबाट स्वीकृति लिएर निर्माणमा ढिलाइ गर्ने निकायलाई पनि छिटो सक्न ताकेता गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : २६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का