भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो | Khabarhub Khabarhub

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय विदेशी लगानी भित्रिरहेको पाइएको छ ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल बिजनेस स्ट्याण्डर्डका अनुसार पछिल्ला दुई सातामा मात्रै भारतीय पुँजी बजारमा २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट लगानी भित्रिएको जनाइएको छ ।

यसलाई प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै विदेशी लगानीकर्तामाझ भारतमा लगानी गर्न विश्वासको वातावरण बन्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

‘चुनावको स्पष्ट नतिजाको अपेक्षामा धेरै लगानी अड्किरहेको थियो । हामीले पछिल्लो दुई सातामा भारतमा लगानीकर्ताको भिड लागेको पाएका छौँ ।’ एलारा क्यापिटलका सुनिल जैनलाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै अमेरिकाबाट ७० करोड, आयरल्याण्डबाट ४४ करोड र जापानबाट ४३ करोड डलर भारतीय बजारमा भित्रिएको जैनको भनाइ छ ।

विदेशी लगानीकर्ताहरू चीनबाट बाहिरिइरहेको अवस्थामा भारतमा लगानीकर्ता आकर्षित भएको स्ट्याण्डर्डको विश्लेषण छ । पछिल्ला तीन सातामा चिनियाँ बजारबाट २ अर्ब ३० करोड बराबरको विदेशी लगानी बाहिरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ०८ बजे

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

दमौली– यहाँस्थित आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा

मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल

काठमाडौं– नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको

डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने

काठमाडौं– मुलुकको संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल

आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो 

काठमाडौं– प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ