समाचार

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

By खबरहब

October 07, 2024

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको सहभागिताबारे ‘रिपोर्टिङ’ गरिएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए।

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग

विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ :शेखर कोइराला

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र स्तरोन्नतिमा भारतले सहयोग गर्ने

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।

मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरूले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उनले बताए ।

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

राष्ट्रपतिबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना

दसैँमा पनि वर्षाको सम्भावना

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने

बाढीमा परेर मृत्यु भएकाको परिवारलाई दुई लाख प्रदान

वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

४३ युट्युब च्यानललाई कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ ।

भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका-५ द्वारखोलाको पुलनजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको नाम खुलिसकेको छैन ।

हरिहरपुर गाउँपालिका-५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । तर उनले मृतकको सनाखत भइनसकेको बताए ।

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले सोमबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

यस क्रममा मोदी र मुइज्जुले भिडियो लिंक मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्‌घाटन पनि गरेका थिए ।

भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ- ‘दुई देशबीचको सम्बन्ध शताब्दियौं पुरानो छ र भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र हो। हाम्रो छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस