कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित सङ्घका नेताहरूसँगको भेटघाटका क्रममा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न आग्रह गरे । 

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला,’ कोइरालाले भने, ‘दशैं–तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुख–दुःखमा पनि पुग्नुस् । दशैंको शुभकामना । कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औं महाधिवेशन पर्खनु पर्ने उनले बताए ।  ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ,’ कोइरालाले भने, ‘इमान्दार र योग्य जो कोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौँ ।’

भेटमा दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महतोले नेता कोइरालासँगको भेटमा दलित सङ्घको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए । 

भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही रसाइली, सञ्जयकुमार गौतम, सांसद सीता मिजारलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : ४५ बजे

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाडपर्व

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव

यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक २२ गते बिहीबार सन्