राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०-८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।  

त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भने ।

‘थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, सभ्यता र संस्कार रहेको छ’, उनले भने ,’आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ३२ बजे

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागमती – काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया

एमाले सचिवालय बैठक मङ्गलबार बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौं – निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं – मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका