लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार | Khabarhub Khabarhub

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।

अस्ट्रेलियाको सरकारी तथ्यांक अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् । यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको  छ ।

अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत उनीहरूलाई अष्ट्रेलिया पुर्‍याएका थिए । 

क्वान्टासको पहिलो उडान आइतबार राति ३४९  अष्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो । अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अष्ट्रेलियालीहरू लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता भएका छन् ।

सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ ।

तथ्याङ्कअनुसार बुधवारसम्म लेबनानमा अनुमानित १५ हजार  अस्ट्रेलियालीहरू रहेका थिए ।  

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : २९ बजे

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ