एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत | Khabarhub Khabarhub

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ । एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयिकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ । 

तटीय चट्टानहरू, समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो ।

बैङ्कले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।  

यस परियोजनामार्फत लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिहरूमा  क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : १६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास