समाचार

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि गृहमन्त्रीलाई आयोगको प्रतिवेदनसम्म

By खबरहब

March 14, 2024

दिनभर आजमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसबाट प्रधानमन्त्रीसँग जवाफ माग, संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न एमालेको आग्रह, सुन तस्करीबारे जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट, उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट, जिप दुर्घटनामा आठको मृत्यु, सबैको सनाखत, अमेरिकी संसदमा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारितलगायत रहनेछन् ।

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसबाट प्रधानमन्त्रीसँग जवाफ माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछाने गृहमन्त्री बनेको भन्दै उनको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

प्रतिनिधिसभा बैठक : सुशासन र समृद्धिको यात्रा सहज बनोस्

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

‘निर्माणमुखी सामग्री’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न एमालेको आग्रह

विनियोजन विधेयकले समाजवाद निर्माणको लक्ष्य समेट्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

सुन तस्करीबारे जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८४ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०।७१६ केजी र इलेक्ट्रिक चुरोट ९भेप० मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन प्रकरणमा आयोगले अनुसन्धान गरेको थियो ।

आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो।

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली

काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन

विदेश पलायन रोक्न दूधमा अनुदान

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ: स्वर्णिम वाग्ले

कारवाही गर्न राप्रपा नेपालको चुनौति

चलचित्र समाज रूपान्तरणको सशक्त र प्रभावशाली माध्यम : मन्त्री शर्मा

उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गरेका थिए ।

अर्थमन्त्री पुन र राजदूत डेनिएल मेउलीबीच भेटवार्ता

राष्ट्रपति समक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

जिप दुर्घटना अपडेट :आठको मृत्यु, सबैको सनाखत धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका ११ जना कर्मचारी रिहा

अध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा दायर

विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय

अमेरिकी संसदमा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।

टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरूका अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।

टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह

चिनियाँ उत्पादनको मूल्यमा वृद्धि

चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना