'निर्माणमुखी सामग्री' विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत | Khabarhub Khabarhub

‘निर्माणमुखी सामग्री’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद रघुजी पन्त, दामोदर पौडेल ‘वैरागी’, चन्दा कार्की (भण्डारी), वासुदेव घिमिरे, लेखनाथ दाहाल, प्रदीप पौडेल, शिशिर खनाल, अब्दुल खान, निशा डाँगी, सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, गणेश पराजुली, शिव नेपाली, मनिष झा, विनिता कठायत, बद्रीप्रसाद पाण्डे, माधव सापकोटा, सञ्जय गौतमलगायतले भाग लिएका थिए ।

सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले ७२ घण्टाभित्र आफूले गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्ने जानकारी गराए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ३ : ३७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’