जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो | Khabarhub Khabarhub

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.7k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ३ : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा