चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

सिड्नी– चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । 

सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुन् । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि  उनको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भने, ‘मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।’

चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ ।

“हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुन चाहन्छौं,” वोङले एक विज्ञप्तिमार्फत जानकारी गराए। 

‘यदि हामीले हाम्रा मतभेदहरूलाई बुद्धिमानीपूर्वक मार्गनिर्देश गर्यौं भने स्थिर द्विपक्षीय सम्बन्धले दुवै देशलाई आ–आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन सक्षम बनाउँछ भन्ने अस्ट्रेलियाको धारणा हो ।’ सन् २०२२ मा अल्बानिजको मध्य–वामपन्थी लेबर पार्टीले सरकारको नेतृत्व गरेपछि अस्ट्रेलियाको चीनसँगको व्यापार सम्बन्धमा सुधार आएको छ ।

क्यानबेराले हुवावेलाई फाइभजी सम्झौतामा प्रतिबन्ध लगाएपछि चीनले सन् २०२० मा अस्ट्रेलियाका प्रमुख निर्यातमा थप कर लगाउँदै सहज व्यापारको वातावरणमा अवरोध ल्याएको थियो । 

बेइजिङले यसअघि नै अष्ट्रेलियाली कोइला, काठ र जौमा कर र प्रतिबन्धहरू हटाइसकेको छ र यसले अस्ट्रेलियाली वाइनमा लगाएको प्रतिबन्ध पनि हटाउने अपेक्षा गरिएको छ ।

मेलबर्नस्थित ट्रेजरी वाइन एस्टेट्सले यसै साता चिनियाँ र अस्ट्रेलियाली अधिकारीहरूले पाँच महिनाको समीक्षापछि वाइनको शुल्क हटाउने बेइजिङको ‘अन्तरिम मस्यौदा संकल्पबारे सुझाव दिएको बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ३ : २७ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ