समाचार

आजका समाचार : सिरोहिया तीनदिन हिरासतमा रहनेदेखि कांग्रेसद्वारा सडक आन्दोलन घोषणासम्म

By खबरहब

May 22, 2024

कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बताइन् ।

संग्रौलाका अनुसार बैठकको निर्णयअनुसार प्रथम चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डप बृहत्त प्रदर्शनको तयारी थालिएको छ ।

त्यसपछि मधेश प्रदेशसहित सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन थालिने कांग्रेसले जनाएको छ ।

सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको हो ।

आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटायो

कांग्रेस नेतृ गौतम भन्छिन् – रबिले गम्भिर आरोप लगाए, अब राजीनामा दिउन्

आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई

कांग्रेस बैठकमा शीर्ष नेतालाई प्रश्न : अवसर आउँदा खल्तीबाट नियुक्त गर्ने, अफ्ठ्यारो पर्दा हामी चाहिने ?

कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक जारी, के गर्ला निर्णय ?

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

कांग्रेसको निष्कर्ष : सिरोहियासँग सरकारले प्रतिशोध साँध्यो, मिडियामा अंकुश लगाउन खोज्यो

सिरोहियासँग कुनै रिसइबी छैन, अदालती प्रक्रियाबाट सजिलै छुट्छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले अदालती प्रक्रिया हो, बढ्ता होहल्ला गर्न जरुरी नरहेको बताए ।

उनले भने( ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी रु अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’

सिरोहिया पक्राउबारे रास्वपा भन्छ : अदालतको अनुमतिमा अनुसन्धान गरिनु प्रेस स्वतन्त्रता हनन होइन

प्रधानमन्त्रीलाई सम्पादकहरूको पाँच बुँदे पत्र : सहकारी ठगीमा गृहमन्त्रीलाई मुद्दा चलाइयोस्

कैलाश सिरोहिया पक्राउ प्रकरणमा बोले भीम रावल- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग

स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको अनुगमन

काठमाडौंमा कांग्रेसको जनप्रदर्शन जेठ १३ गते, मुख्य मुद्दा सहकारी

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए ।

जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।

सिरोहिया तीन दिन हिरासतमा : श्रीमती, दुवै छोरा र बुहारी श्रृंखला पनि जनकपुरमा

धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद

सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्

अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल

सिरोहियाको रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू )

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण

स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै प्रेस युनियनको प्रदर्शन

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बुधबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले मंगलबार दिएको रिटलाई सर्वोच्चको प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

उक्त आदेशपछि अब रिट दर्ता हुने भएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै बदर गर्न माग गरिएको थियो ।

गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै अनुसन्धान वा अभियोजन नभएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको भन्दै एक पत्र सार्वजनिक गरेका थिए ।

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन

बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्यमन्त्री अधिकारी

आर्थीक…

शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ । शेयर बजारको उत्साह बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०।७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ ।

आज नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत

आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै, कर्णाली पछाडि

सुनको मूल्य घट्यो

अन्तराष्ट्रिय…

युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍यो आणविक हतियारको परीक्षण युक्रेन युद्धकाबीच रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा गरेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।

रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।

रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

आठ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला

गाजामा हवाई आक्रमण: दुई नेतासहित पाँच लडाकुको मृत्यु

अस्ट्रेलियामा बर्ड फ्लुको पहिलो मानव केस फेला

क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द