आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई | Khabarhub Khabarhub

आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।

सो घोषणालगत्तै कांग्रेसले भ्रातृसंगठन नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपा बोलाएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

शुक्रबारको आन्दोलनमा उपत्यकाबाट बढी भन्दा बढी सहभागिता जनाउनेबारे काठमाडौं र भक्तपुर र ललितपुरका पार्टी जिल्ला सभापतिहरु पनि बोलाइएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।

काठमाडौंका सभापति सबुज कृष्ण बानियाँ काम विशेषले उपस्थित नहुने बताइएको छ भने भक्तपुर सभापति दुर्लभ थापा र ललितपुर जितेन्द्र श्रेष्ठ सहभागी हुने छन् ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ३ : ३८ बजे

मास्टरसेफ साहको रेसिपीमा ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ

काठमाडौं- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

चितवन– विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको

मन्त्रीहरूलाई महरको सुझाव- खादा र माला धेरै भयो, अब जनतालाई राहत चाहियो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले नवगठित सरकारका मन्त्रीहरूलाई सिंहदरबारमा

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किदा  १२

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- नेपाल प्राथमिकतामा छ, सहकार्य गर्न तयार छौँ

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई