अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत | Khabarhub Khabarhub

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत

कर्णाली प्रदेशको भने जम्मा ४ प्रतिशत मात्रै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमतीको रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०-८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको देखाएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा बागमती प्रदेशले ३६.४ प्रतिशत योगदान गर्ने देखिएको छ । त्यस्तै, कोशीको १५.८, लुम्बिनीको १४.३, मधेशको १३.१, गण्डकीको ९.१, सुदूरपश्चिमको ७.१ र कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने कार्यालयले अनुमान गरेको छ ।

कार्यालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा भने सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको उल्लेख गरेको छ । चालु आवको प्रारम्भिक अनुमानअनुसार उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा गण्डकीको सबैभन्दा धेरै ४.५५ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । कोशीको ३.५१, मधेशको ३.७८, बागमतीको ३.९६, लुम्बिनीको ४.०५ र सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : १३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका