समाचार

आजका समाचार : नगरसभामा बालेनको चर्को आलोचना, सर्वोच्चले जोगाइदियो फणीन्द्रको पद 

By खबरहब

June 24, 2024

चिनियाँ उपविदेशमन्त्री सुनले भेटे प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनिया उपविदेशमन्त्री सुन वेइतोङले भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउन चीनको सहयोग आवश्यक पर्ने बताए ।

लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी

फणीन्द्र देवकोटालाई सर्वोच्चको राहत, कारबाही रोक्न अन्तरिम आदेश

संसद्‍मा गृहमन्त्रीको जवाफ : जीबीलाई आकाश, पातल जहाँ भए पनि निकाल्छौँ

बैकुण्ठ अर्यालबारे सरकारको जवाफ : मुद्दा लाग्दैमा कोही दोषी ठहरिँदैन

तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड

बढ्यो संसद् सचिवालयका कर्मचारीको भत्ता, ७ बुँदे सहमतिसँगै आन्दोलन फिर्ता सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वको टोली सोमबमार संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद्‍ भवनमा सात बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार कर्मचारी युनियनका प्रतिनिधिहरूको मागअनुसार तीन किसिमको भत्ता बढाउन सरकार सहमत भएको छ । यससँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ ।

जसअनुसार मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी हाललाई राजपत्राङ्कित कर्मचारीको लागि मासिक ३,५०० र राजपत्र अनङ्कित कर्मचारीका लागि मासिक ३,००० साविकको आवास भत्तामा वृद्धि गर्न दुई पक्ष सहमत भएका छन् ।

श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री

महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरूको माग

सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने

अब अस्पतालमा लामो समयसम्म कुनपर्दैर्नु : स्वास्थ्यमन्त्री यादव

काठमाडौं महाननगरले ल्यायो २५ अर्ब ६३ करोडको बजेट काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी छन् ।

डंगोलले बजेटमा ११ वटा महानगर गौरवका आयोजनालाई ३ अर्ब ८० करोड बजेट विनियोजन गरेकी छन्।

आगामी आवको बजेट चालुभन्दा १७ करोडले ठूलो हो । महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी १ अर्ब ५० करोड छ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास कार्यक्रमलाई १९ करोड ९ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको ०।७९ प्रतिशत हो ।

बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन

बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ?

बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्

मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड

विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट

नेपालगञ्जको बजेट एक अर्ब ५० करोड

अन्तराष्ट्रिय…

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० जनाको मृत्यु दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।

घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ ।

यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए ।

रूसमा आतंकवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

बर्ड फ्लु रोकथामका लागि श्रीलंका प्रतिवद्ध

ताइवानले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्ने

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान