सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने « Khabarhub

सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन् । 

अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृहमन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उनले यसप्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पारे। 

उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारकालाई दिनेछ । 

सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मूल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गरे। 

छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए । छाउगोठ बनाउनु कानुनी रूपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उनीहरूको सुझाव छ । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : १० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड