राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड « Khabarhub

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट राजदूतका लागि नाम सिफारिस गर्न मापदण्ड बनाएको छ ।

सांसद शिशिर खनाल संयोजक तथा सांसद सोबिता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो ।

कार्यदलले मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।

राजदूतका लागि पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित कानून तथा राजदतू नियक्तिसम्बन्धी निर्देशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ । जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी÷अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ । नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ।

कूटनीतिक भूमिका वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनुभव भएको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्रको ज्ञान उपयोग नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्ने हुनुपर्नेछ ।

कार्यदलले राजदूतको छनौट विधि समेत बनाएको छ । अन्तिम सूचीबाट आएका व्यक्तिहरुबाट योग्यता क्रमको आधारमा रास्वपा सचिवालयबाट अनुमोदन पश्चात नियुक्तिको सिफारिस गर्ने उल्लेख छ ।

यसैबीच रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रीय विभागले सर्वसाधारणबाट पनि राजदूतसम्बन्धि सुझाव मागेको छ ।

सरकारले हालै ११ देशमा रहेका राजदूत फिर्ता गरी शुक्रबार ८ देशका लागि राजदूत सिफारिस गरेको छ । सत्ता गठबन्धनबीच भएको सहमतिमा रास्वपाले दुईजना राजदूत पाउने छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ४९ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड