भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान | Khabarhub Khabarhub

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्रीय बैंकले अपेक्षित समयभन्दा अगावै मनसुनी वर्षा भएसँगै कृषि उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।

मासिक बुलेटिन जारी गर्दै रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले मनसुनी वर्षाका कारण कृषि उत्पादनमा वृद्धि हुने जनाएको हो ।

उक्त बुलेटिनमा आरबीआईले मुख्य मुद्रास्फीति दर क्रमशः घट्दै गएको उल्लेख गरेको छ । यद्यपि मुद्रास्फीति अझै तल झर्ने थप चुनौति रहेको पनि आरबीआईको बुलेटिनमा जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको आन्तरिक मागमा पनि सुधार हुँदै गएको छ ।

अर्थतन्त्रमा कोरोना भाइरस महामारीको प्रभाव विस्तारै घटिरहेका बेला मागमा पनि क्रमशः सुधार आएको आरबीआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : १२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं