नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण « Khabarhub

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन् बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे। 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरे । 

पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए। 

सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गरे । 

उनले भने,  ‘झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ०८ बजे

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति

गोरखा– गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङ खुला (तस्बिरहरू)

काठमाडौं– एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङ मार्ग सोमबारदेखि निजी सवारी