समाचार

आजका समाचार : एसईईमा बहुमत विद्यार्थी फेल, मनसुन लागेयता २८ जनाको मृत्यु

By खबरहब

June 27, 2024

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीतबहादुर तामाङले ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो ।

अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरूको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न वाञ्छनीय रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरियोस : तोसिमा कार्की

राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति

राष्ट्रियसभा बैठक : छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

प्रतिनिधिसभा बैठक : समयमै मल उपलब्ध गराउन सांसदहरुको आग्रह

राहत तथा उद्धारका काममा तीव्रता दिन सांसदहरूको माग

आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

एकीकृत समाजवादीमा २९९ केन्द्रीय सदस्य र १९ पदाधिकारी रहने  एकीकृत समाजवादीमा मा २९९ केन्द्रीय सदस्य र १९ पदाधिकारी रहने भएको छ । असार १६ देखि २० गतेसम्म हुने महाधिवेशन अगाडि पदाधिकारी थप्ने निर्णय गरेको हो । 

बिहीबार आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

केन्द्रीय परिषद्ले २९९ केन्द्रीय सदस्य कमिटी र १९ पदाधिकारी रहने विधान पास गरेको उनको भनाइ छ । 

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको हो । एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनाल पनि अध्यक्षको दाबेदार हुन भने महासचिव भुसाललाई पनि युवाले अगाडि सारेका छन् । तर केही नेता भने माधव नेपालको विकल्प नभएको बताइरहेका छन् ।

महामन्त्रीको प्रतिवेदन पार्टी सच्चिएर अगाडि बढ्ने महत्वपूर्ण मार्ग हो : सांसद झा

सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ  : घनश्याम भुसाल

सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् ।

बोर्डका अनुसार यस वर्ष सबैभन्दा बढी विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् । यो ग्रेडभित्र ७८ हजार ८७४ विद्यार्थी छन् । यस्तै, सबैभन्दा कम ६ विद्यार्थीले १.६० देखि २।० जीपीए ल्याएका छन् ।

सबैभन्दा राम्रो ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८६ रहेको छ । ३.६० देखि ४.० जीपीए ल्याउने ३१ हजार २०९ जना छन् ।

यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने ६८ हजार २५६ जना, २.८० देखि ३।२० ल्याउने

जीपीए २।४० देखि २८० सम्म ल्याउने परीक्षार्थीको संख्या ४१ हजार १७७ छन् । २ हजार (५) जनाले जीपीए २.० देखि २.४० ल्याएका छन् ।

यस वर्ष दुई लाख ४२ हजार ३१३ परीक्षार्थी नन ग्रेडमा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसमा दुई विषयसम्म नन ग्रेड हुनेको संख्या एक लाख १५ हजार ८३४ विद्यार्थी छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।

एसइईमा फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी 

एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

एसईईमाथि प्रश्न: आधा विद्यार्थी किन ‘फेल’ ?

दार्चुला-तिंकर सडक : केन्द्रले बजेट नदिएपछि ब्याँसले थाल्यो चन्दा अभियान संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि स्थानीय ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

संघीय सरकारको न्यून बजेट विनियोजन गरेपछि गाउँपालिकाले देशभरिका स्थानीय सरकार, प्रदेश सरकारसँग रणनीतिक र सामरिक महत्वको सडक निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको हो ।

गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि देशभरिका स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै

मनसुन सुरु भएदेखि हालसम्म २८ जनाको मृत्यु

मुग्लिन-पोखरा सडक विस्तार :५३ किलोमिटर कालोपत्र

डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

पाकिस्तानमा गर्मीको कहर, छ दिनमा ५०० भन्दा बढीको ज्यान गयो बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ ।

कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव संकलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ ।

यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि गएको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न