महामन्त्रीको प्रतिवेदन पार्टी सच्चिएर अगाडि बढ्ने महत्वपूर्ण मार्ग हो : सांसद झा | Khabarhub Khabarhub

महामन्त्रीको प्रतिवेदन पार्टी सच्चिएर अगाडि बढ्ने महत्वपूर्ण मार्ग हो : सांसद झा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले महामन्त्री मुकुल ढकालको अभिव्यक्तिले पार्टीमा कुनै पनि विभाजन नल्याई पार्टीलाई सुदृढ बनाएर अगाडि जाने बताएका छन्।

बुधबार मुकुल ढकाले सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि खबरहबसँग कुरा गर्दै झाले पार्टीमा कुनै पनि विवाद नभएको महामन्त्रीको सुझाव प्रतिवेदनले पार्टी सच्चिएर अगाडि बढ्न महत्वपूर्ण बाटो स्थापना हुने बताएका हुन्। 

उनले भने, ‘महामन्त्रीज्यूले ३८ जिल्लामा देखेको जस्ताको तस्तै पार्टीको अवस्थाबारे फेरिस्त सभापतिज्यूलाई बुझाउनुभएको हो उहाँले आफै भनिसक्नुभएको छ यसले पार्टीलाई गहिरो ढंगले समीक्षा गरेर अगाडि बढ्न मद्दत दिनेछ ।’

उनले रास्वपा फुट्न लागेको हल्ला बाहिर आएकाले यो हल्लामा कुनै सत्यता नभएको समेत दाबी गरेका छन्।

पार्टी स्थापना भएको दुई वर्षमै रास्वपामा विभिन्न किसिमका गुट उपगुट हुनुले पार्टी फुटतर्फ जाने धेरैले आकलन गरेका छन्।

तर झा लोकतन्त्रमा यस्तो अभ्यास हुनु सकारात्मक भएको बताउँदै यसले रास्वपालाई सच्चिएर अगाडि बढ्न महत्वपूर्ण मार्ग दिने दाबी गर्छन्।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ३९ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको