पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न « Khabarhub

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिजुर रहमानले सरकारले ल्याएको बजेटको पादर्शीतामाथि प्रश्न उठाएका छन् ।

पाकिस्तानको संघीय सरकारले यस क्षेत्रका लागि आर्थिक वर्ष २०२४–२५ मा ६८अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेकोे भारतीय समाचारसंस्था एएनआईले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री रहमानले प्रान्तीय प्रशासनले ६८ अर्ब रुपैयाँ कसरी खर्च गर्छ भन्ने अझै स्पष्ट नभएको उल्लेख गरे ।

यस बजेटले आफ्नो प्रान्तका लागि कुनैपनि नयाँ विभाग गठन नगरेको र भौतिक पूर्वाधारको कुनै नयाँ परियोजना पनि सुरु नगरेको उनको भनाइ छ ।

उनले यो बजेट उच्च पदस्थ अधिकारीको तलब र इन्धनमा मात्र खर्च हुने त होइन भन्ने प्रश्न पनि गरेको एएनआईले जनाएको छ ।

उनले गिल्गिट बाल्टिस्तानमा सुरक्षाका अवस्थाबारे चिन्ताव्यक्त गर्दै प्रशासनिक लापरवाहीले गिल्गिट बाल्टिस्तानकाजनताले ज्यान गुमाउनुपरेको आरोप पनि लगाए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : १४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका