पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न | Khabarhub Khabarhub

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिजुर रहमानले सरकारले ल्याएको बजेटको पादर्शीतामाथि प्रश्न उठाएका छन् ।

पाकिस्तानको संघीय सरकारले यस क्षेत्रका लागि आर्थिक वर्ष २०२४–२५ मा ६८अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेकोे भारतीय समाचारसंस्था एएनआईले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री रहमानले प्रान्तीय प्रशासनले ६८ अर्ब रुपैयाँ कसरी खर्च गर्छ भन्ने अझै स्पष्ट नभएको उल्लेख गरे ।

यस बजेटले आफ्नो प्रान्तका लागि कुनैपनि नयाँ विभाग गठन नगरेको र भौतिक पूर्वाधारको कुनै नयाँ परियोजना पनि सुरु नगरेको उनको भनाइ छ ।

उनले यो बजेट उच्च पदस्थ अधिकारीको तलब र इन्धनमा मात्र खर्च हुने त होइन भन्ने प्रश्न पनि गरेको एएनआईले जनाएको छ ।

उनले गिल्गिट बाल्टिस्तानमा सुरक्षाका अवस्थाबारे चिन्ताव्यक्त गर्दै प्रशासनिक लापरवाहीले गिल्गिट बाल्टिस्तानकाजनताले ज्यान गुमाउनुपरेको आरोप पनि लगाए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : १४ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक