चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले नेकपा एमालेले चीन र भारतसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको एमालेको सचिवालय बैठकले दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएको हो ।
‘सरकारले बदलिँदो राजनीतिको विश्वको बहावलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
उनले सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा पनि छलफल गरिएको जानकारी दिए ।
दिगो सहरीकरणका लागि इजिप्ट भ्रमण उपलब्धीमूलक : उपप्रधानमन्त्री सिंह
कोशीको मन्त्रीबाट राजीनामा दिएका अधिकारी पार्टीद्वारा निलम्बित
परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल
सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा शेखर कोइरालाको आपत्ति
दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री
स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल
कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइने छ’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोश्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युत्भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट गरे।
मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की
‘खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध बलियो बनाउनुपर्छ’
मन्त्री गुरुङले गरे तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्घाटन
‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ’
रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने
‘डायलासिस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
सहज र सुलभ हवाई यातायातका लागि चार बुँदे सहमति हवाई टिकटको उपलब्धता तथा सहज र सुलभ हवाई यातायात सञ्चालनका लागि सरोकारवालाबीच चार बुँदे सहमति भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएको अवस्थामा टिकटको उपलब्धता तथा सहज र सुलभ हवाई यातायात सञ्चालनका लागि सरोकारवालाबीच चार बुँदे सहमति भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरू तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच शनिबार भएको छलफलमा उक्त निर्णय गरिएको हो ।
झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान
कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै
सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्ने : राष्ट्रपति पौडेल
मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद
वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान
पाकिस्तान रेलवे स्टेशनमा विस्फोट स् मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।
प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो । ‘मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,’ एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए।
स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताए।बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ ।
ट्रम्पको जितले आप्रवासीमा त्रास
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी
पुटिन र अफ्रिकी देशका विदेशमन्त्रीबीच किन हुँदैछ बैठक ?