कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा  | Khabarhub Khabarhub

कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा 


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबै कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । 

‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने’ कानुनी शासनको मान्यता स्मरण गर्दै उनले यस्तो बताएका हुन् । 

जन्म जयन्तीको अवसरमा कांग्रेसका संस्थापकमध्येका एक स्व. गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले फेसकुबमा लेखको छन्, ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ ।’ 

गल्ती गर्नेले सजाय भोग्नुपर्ने, सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका छन् ।

‘कुनै पनि व्यक्तिलाई राज्यले ‘सेलेक्टिभ’ ढंगले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ उनले लेखेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ०० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले