रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने | Khabarhub Khabarhub

रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ। 

तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि (आइतबार) अदालत उपस्थित गराउन लागिएको हो। आज शनिबार बिदा भएकाले उनलाई भोलिमात्रै अदालत उपस्थित गराउन लागेको उनको सचिवालय सदस्य प्रमोद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार भोलि रविलाई अदालत उपस्थित गराइँदा रास्वपा शुभचिन्तक तथा नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घन्टी घरमा प्रदर्शन जारी राख्नेछन् । यस्तै रविको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको न्यौपानेले बताए । 

‘मैले भर्खरै सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा भेटेर बाहिर निस्केको छु । उहाँ तीव्र आत्माबल र विश्वासका साथ हिरासतमा बस्नुभएको छ । न्यौपानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा भनेका छन्, हिरासत बसाइमा उहाँले अध्ययन अनुसन्धान र लेखनको काम गरिरहनुभएको छ उहाँ पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।’

वकिलहरूले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन्। तर, सरकारी वकिलहरूले भने हिरासत भित्रै राखेर रविलाई अनुसन्धान गर्नुपर्ने बताउँदै आइरहेका छन् । 

बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारी बचत अपचलनबारे पनि रविलाई पक्राउ पुर्जी जारी भएकाले भोलिको म्याद थपिएपछि रविलाई रूपन्देही लगिने आशंका धेरै छ । तर यसबारे अहिले प्रहरीले केही बोलेको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : १७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका