कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा भ्रमणमा जाने भएका छन् । उनी आइतबार बिहान एकसाता लामो भ्रमणका लागि डडेल्धुरा जान लागेका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आइतबार बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीले विज्ञप्तिमार्फत् देउवाको स्वागतका लागि गेटा विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवा कात्तिक २६ गते (सोमबार) डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ ।

जिल्ला सभापति भीमबहादुर साउदले सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए ।

उनका अनुसार देउवाले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । यो पालिकामा नै उनको मतदाता नामावली रहेको छ ।

जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको प्रख्यात उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किए पछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्‌घाटन गर्ने छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ४८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस