दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री « Khabarhub

दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताएका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पारे। उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरे ।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर तद्नुरूप कार्य प्रक्रिया अगाडि बढायौँ’, पर्यटनमन्त्री पाण्डेले भने, ‘सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठनगरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा करलगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान सम्भव भएको हो ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्टड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरू भइरहेको जानकारी दिए।

मन्त्री पाण्डेले ठूलो पुँजी लगानी गरेका विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रमलगायत अन्तरसम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक रहेको उल्लेख गरे। ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरू अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै उनले यी तमाम कामलाई चरणबद्ध रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।

पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना पूर्णक्षमता सञ्चालनमा आउन केही समय लाग्ने बताए । 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : १० बजे

भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर

युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते

बेरुत– अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी