समाचार

आजका समाचार : मन्त्रिपरिषद् बैठक स्थगित, थप सार्वजनिक संस्थान निजीकरण गरिँदै र मोदी फेरि रुस जाँदै  

By खबरहब

October 21, 2024

ओली र अध्यादेश : देउवाले ‘साथ दिन्नँ’ भनेपछि‘

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नेगरी बोलाएका मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सोमबार अपराह्न सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको थियो ।

तर, आज बस्न नसकिने भनेर सूचना आएको मन्त्रीहरूले बताएका छन्‌ । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी नआएको जनाएको छ ।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार लामो समय कुराकानी गरेका थिए ।

साँझबाट बालुबाटारमा सुरु बैठक अबेर रातसम्म चलेको थियो । स्रोतका अनुसार, सो बैठकमा देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिइन्‌ ।

थप सार्वजनिक संस्थान निजीकरण गर्दै ओली सरकार

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा

आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोधिने

विकासका योजना तर्जुमा अव्यवस्थित : मन्त्री दाहाल

अर्थमन्त्री पौडेल आज राती अमेरिका जाँदै

भ्रष्टाचारविरुद्धको अभियान मैले सुरु गरेको हो, निरन्तर अघि बढ्छ : प्रचण्ड

मुकुलले लेखे- रास्वपाको आन्दोलन हैन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको दाबी गरेका छन् ।

उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’

ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको बताए ।

हर्कले बेलायतबाट भने- रडाको मच्चाउ फागो नै कार्यवाहक मेयर हो

सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’

कृषि मन्त्रालयको सय दिने कार्यप्रगति सार्वजनिक

देशलाई निकास दिन कांग्रेस–एमालेबीच गठबन्धन : उपमहासचिव ज्ञवाली

स्वास्थ्य मन्त्रालयले गर्‍यो सय दिनको प्रगति विवरण सार्वजनिक

कुलेखानी फाखेल-सिस्नेरी सडक पुनः सञ्चालन कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन

डीआईजी राणा एआईजीमा बढुवा सिफारिस

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण, स्थानीयलाई सास्ती

तीन महिनामा पाँच करोडको नुन बिक्री

राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो

लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय नाघेको छ। धेरैको मृत्यु दक्षिणी लेबनान र नबाटियामा भएको छ। १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुई जनाको ज्यान गएको र नौ हजार ३३० घाइते भएको जनाइएको छ।

हिजबुल्लाहले समेत इजरायलमाथि आक्रमण जारी राखेको छ। आइतबार मात्र दुई सय प्राजेक्टाइलले पार गरेको इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।

आइतबार इजरायलले हिजबुल्लाहको वित्तीय प्रतिष्ठानहरूमा पनि आक्रमण गरेको छ। हिजबुल्लाहको प्रभावशाली वित्तीय संस्था अल काद अल हसनका धेरै शाखालाई इजरायलले आफ्नो निसाना बनाएको हो।

सन् १९८३मा स्थापित सो संस्था गैर नाफा मूलक हो। वित्तीय प्रतिष्ठानमा आक्रमण गर्नु अगाडि नै इजरायलले सूचना जारी गर्दै सबैलाई त्यो क्षेत्र छाड्न भनेको थियो।

रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको फिर्तीको माग

रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकुलाई आजीवन कारावासको सजाय

अमेरिकाले इजरायललाई सघाउनु बाध्यता कि आवश्यकता ?

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै

पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा