पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा | Khabarhub Khabarhub

पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी रक्षामन्त्री लोयड अस्टिन युक्रेनको रूससँगको युद्धमा समर्थन जनाउन सोमबार बिहान किएभ पुगेका छन् । अमेरिकी निर्वाचनको केही हप्ताअघि भएको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मित्रराष्ट्रहरूलाई लामो दूरीका हतियारको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरिरहेका बेला अस्टिनको भ्रमण भएको हो ।

यदि अर्को महिना हुने अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना रहेको र यसका लागि युक्रेनले यही प्रशासनसँग मिलेर केही रणनीतिक निर्णय लिन आतुर देखिन्छ । 

‘म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनको भ्रमण गरेको छु,’ अस्टिनले एक्समा रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन् । 

उनले आफ्नो अघोषित भ्रमणले अन्तर्राष्ट्रिय समुदायसँगै संयुक्त राज्य अमेरिका पनि युक्रेनको पक्षमा खरोरूपमा उभिएको देखाएको बताए। 

अमेरिकी रक्षा मन्त्रालयले अस्टिनले युक्रेनी नेतृत्वसँग भेटघाट गर्ने र युद्धभूमिमा रूसी आक्रमणबाट बच्न युक्रेनलाई आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने अमेरिकी प्रतिबद्धतालाई जोड दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले युक्रेनलाई समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै रुसको निरन्तर आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : १९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन