‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’ « Khabarhub

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पहल लगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका हुन् । 

अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए । 

मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए । मन्त्री दाहालले विकासका लागि विद्यमानहरु बाधक रहेको उल्लेख गरे। उनले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : १३ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको