रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको फिर्तीको माग | Khabarhub Khabarhub

रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको फिर्तीको माग


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ । यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो ।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ । साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ । यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो ।

“सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त गर्‍यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह ग¥यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भने।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो एक हजार पाँच सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लङ्घन गर्ने उपविदेशमन्त्री किमले बताए ।

रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग।।। दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिनुभएको दूतावासले एक वक्तव्यमा भनेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ३३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले