समाचार

आजका समाचार : बालुवाटारमा गठबन्धनको बैठकदेखि सहिद दिवससम्म 

By खबरहब

January 30, 2024

सत्ता गठबन्धनको निष्कर्ष सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको फ्लोर क्रसको घटना गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलले एक सिट गुमाएको र अन्य प्रदेशको नजिताका विषयमा छलफल भएको जानकारी दिए ।

बालुवाटारमा गठबन्धन दलको बैठक जारी

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल(बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो ।

नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक(आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले हार्दिक आभार व्यक्त गरेका थिए ।

प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता

उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच भेट

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं : परराष्ट्रमन्त्री साउद

असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए। ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।

घेराबन्दीमा पार्ने षड्यन्त्र भयो: रवि लामिछाने

मन्त्री उपस्थित नहुँदा समितिको बैठक स्थगित

अवैधानिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना

संसदीय समितिले माग्यो रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजात

संघीय संसद्को टोली भारत भ्रमणमा

संविधानको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो:राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्।

शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

शहीद दिवस मनाइयो

गैरआवासीय राजदूत नियुक्त

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपालले केही सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक ९सीपीआई० २०२३ मा नेपालले केही सुधार गर्दै ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार काठमाडौंमा सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको हो ।

भाटभटेनी सुपर मार्केटले कर छली गरेको सर्वोच्चको ठहर सिरहाका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् ।

दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

खेलकुद…

चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले ७२ औं मिनेटमा गरे । पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।

एएफसी एसियन कप : कतार क्वार्टरफाइनलमा प्रवेश

इमरान खानलाई १० वर्ष कैद सजाय पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

भ्रष्टाचार आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार