नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
- ओलीको हातमा चौथो पटक सत्ताको बागडोर
- प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने, ‘सबैमा सम्मान, धन्यवाद’
- ओलीप्रति नरम लिङ्देन, केही दिन कुरेर राप्रपाले सरकारलाई समर्थन गर्ने
जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस्
काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् ।
उनका लागि गृहमन्त्रालयमा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ । बिदाइका क्रममा आयोजित पत्ररकार सम्मेलनमा लामिछानेले आजैदेखि आफूमाथि अनुसन्धान गर्न सुरक्षा निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।
- बिदा हुँदै खेलकुदमन्त्रीले भने- अपेक्षाअनुसारको काम गर्न सकिएन
- गृहमन्त्री लामिछाने भन्छन्- मेरो बारेमा अनुसन्धान गर्नुस्, कानून मलाई पनि लाग्छ
- रविको दाबी – निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ
- जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस्
बिदा हुँदै अर्थमन्त्रीले भने- चार महिनामा आशा जगाउने काम गरेको छु
अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गरे ।
उनले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने बताए। आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उनले जिकिर गरे ।
उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठ वटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
भरतपुरको तटीय क्षेत्रका वडामा निगरानी बढाउन महानगरको आग्रह
भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटीय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।
आइतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख रेणु दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थानीयलाई आग्रह पनि गरेकी छन् ।
- भरतपुरको तटीय क्षेत्रका वडामा निगरानी बढाउन महानगरको आग्रह
- गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन
- जसपाद्वारा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
बागलुङ पहिरो : मृतकका परिवारलाई छ लाख ५० हजार राहत
बाढीपहिरामा परी एक सय आठ जनाको मृत्यु
काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय ८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
भोटेकोशी जलविद्युतको ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख राहत दिइने
सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
सम्पत्ति शुद्धीकरणमा मुक्तिनाथ गौतमसहित आठजनालाई एकदेखि चार वर्षसम्म सजाय
विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुक्तिनाथ गौतमसहित ८ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारु, तेवजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत असार। २३ मा गरेको फैसलाबाट दोषीहरूलाई आझ सजाय निर्धारण गरेको हो।
लागूऔषधको ‘ट्रान्जिट’ काठमाडौं : ठमेलबाट ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ
गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’
ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा
ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ
२० वर्षीय युवकले हानेका थिए चुनावी र्यालीमा ट्रम्पलाई गोली
अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ
दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त
फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो
पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु
ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने
कोपा अमेरिका : तेस्रो स्थानको लागि क्यानाडा र उरुग्वेको प्रतिस्पर्धा
युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने
कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी