गृहमन्त्री लामिछाने भन्छन्- मेरो बारेमा अनुसन्धान गर्नुस्, कानून मलाई पनि लाग्छ | Khabarhub Khabarhub

गृहमन्त्री लामिछाने भन्छन्- मेरो बारेमा अनुसन्धान गर्नुस्, कानून मलाई पनि लाग्छ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नुस् । गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ ।’

नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रूपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए  ।

सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे  । अनुसन्धान जारी रहेकाले सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनले जानकारी दिए ।

‘हामीलाई लागेको होला केके नै गर्‍यौँ तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरू थप्दै सार्वजनिक गर्नुको के रहँदैन’, गृहमन्त्री लामिछानेले भने । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आम नागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उनको भनाइ छ ।

चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताए । तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उनले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : २७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ