सम्पत्ति शुद्धीकरणमा मुक्तिनाथ गौतमसहित आठजनालाई एकदेखि चार वर्षसम्म सजाय « Khabarhub

सम्पत्ति शुद्धीकरणमा मुक्तिनाथ गौतमसहित आठजनालाई एकदेखि चार वर्षसम्म सजाय


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुक्तिनाथ गौतमसहित ८ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारु, तेवजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत असार। २३ मा गरेको फैसलाबाट दोषीहरूलाई आझ सजाय निर्धारण गरेको हो।

१९ करोड सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएकाहरू डेनियल ट्रेडिङ कम्पनीका सञ्चालकहरू मुक्तिनाथ गौतम र यशकुमार महर्जनलाई सजाय तोकेको हो । अदालतले गौतम र महर्जनलाई २/२ वर्ष कैद र ७ करोड ६ लाख रुपैयाँ जनही जरिवाना तिराउने फैसाल सुनाएको छ ।

विशेष अदालतले मेरालाइन इन्टरप्राइजेजलाई पनि यो प्रकरणमा दोषी ठहर गर्दै ७ करोड ६० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

अदालतले विल्वाभूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई दोषी ठहर गर्दै जनही ४/४ वर्ष सजाय तोकेको छ ।

ऋण लिन सहयोग गर्ने रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशल प्रधानलाई सम्पत्तिको गैरकानुनी स्रोत लुकाउन मतियार भएको ठहर अदालतले गरेको थियो । उनीहरूलाई पनि अदालतले आइतबार जनही १/१ वर्ष जेल सजाय र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना हुने फैसा भएको छ ।

के थियो घटना ?

प्रतिवादी रहेका मुक्तिनाथ गौतम, एसकुमार महर्जन, कुशन प्रधानसहितले विल्वा भूमि वन प्रालिका नाममा दर्ता रहेको किता नम्बर–१०६९ को १२ बिघा एक कट्ठा जग्गा किर्ते गरी डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा सारी कुमारी बैंक न्युरोड शाखाबाट १९ करोड ऋण निकालेका थिए । गायक योगेश्वर अमात्यकोसमेत नाममा रहेको जग्गा उनीहरूले किर्ते गरी बेचेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसरी कर्जाबापत लिएको पैसा गौतम, महर्जन र प्रधानले मेरलायनका उविन्द्रराज शाक्यलाई विल्वा भूमि वन प्रालिको जग्गा बिक्री गर्न नक्कली अख्तियारी दिएका थिए ।

डेनियल ट्रेडिङ कम्पनी प्रालिका नामको किर्ते जग्गाधनी प्रमाणपुर्जा बनाएर उनीहरूले उक्त कम्पनीका नाममा १९ करोड ऋण स्वीकृत गराएका थिए ।

त्यही रकम रेशमबहादुर सिलवाल समेतले विल्वा भूमि वन प्रालिकै नाममा नक्कली खाता खोलेर डेनियलको नामको ऋण रकम त्यसमा स्थानान्तरण गरी सम्पत्तिको रूपान्तरण गरेको विशेष अदालतले जनाएको छ ।

नक्कली विल्वा भूमि वन प्रालिको खाताबाट १५ करोड मेरलायन इन्टरप्राइजेजका नाममा सारेपश्चात् खाता बन्द गरेर उनीहरूले सम्पत्ति प्रयोग गरेका थिए । मेरलायन इन्टरप्राइजेजको खाताबाट उविन्द्रराज, शोभा शाक्य, रामप्रसाद अधिकारीसमेत विभिन्न व्यक्तिका नाममा धारण गरी कारोबार गरेको देखिएको विशेषको ठहर छ ।

प्रतिवादीहरू डेनियल ट्रेडिङ कम्पनी लिमिटेडका गौतम, एसकुमार, विल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि सिलवाल, मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज र मेरलायन इन्टरप्राइजेजले सम्पत्ति शुद्धीकरण गरेको ठहर विशेष अदालतले गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : ०९ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप