पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु | Khabarhub Khabarhub

पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा प्रहरी नै लागूपदार्थको तस्करीमा संलग्न रहेको पाइएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका ४५ प्रहरी लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोपमा प्रान्तीय प्रहरी मुख्यालयले कारवाही अघि बढाएको छ ।

प्रहरी प्रमुखको निर्देशनमा प्रान्तका विभिन्न प्रहरी कार्यालयमा प्रहरीमाथि कारवाही चलाउन पत्र पठाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार उनीहरूमाथि कस्तो कारवाही भयो भन्नेबारे स्पष्ट जवाफ पठाउन पनि प्रहरी कार्यालयहरूलाई मुख्यालयले निर्देशन दिएको छ ।

कारवाहीमा पर्नेमा हवल्दारदेखि डीएसपीसम्म परेका छन् । प्रहरीका अनुसार उनीहरूमाथि विभागीय सोधपुछ सुरु भइसकेको छ ।

लागूऔषध तस्करी गर्ने प्रहरीमाथि कारवाही गर्ने जिम्मेवारी दिएर केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई नियुक्त पनि गरिएको छ ।

पछिल्लो समय पाकिस्तानमा लागूऔषध तस्करी तथा दुर्व्यसनको समस्या बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ३६ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा